इलाम। इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा बाम गठबन्धनका सुहाङ्ग नेम्बांगले मनोनयन दर्तागर्नु भएको छ ।
बाजा गाजा र झाँकी सहित निर्वाचन कार्यालयमा पुगेका सुहाङ्गको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहनु भएको छ । एमाले इलामका उपसचिव रवीन्द्र उम्मेदवारको आकाङ्क्षी थिए । यस्तै धिरेन्द्र शर्मा रमण भने माओवादीका केन्द्रीय सदस्य हुन् । उनी माओवादीबाट उम्मेदवारको सिफारिस भएका थिए ।
सुहाङले मनोनयन दर्तामा जानु अघि भानु रत्न चोक इलाममा रहेको सहिद रत्न कुमार वान्तावा, सहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले मनोनयन दर्ता गराएका हुन् । उनी पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उनको स्थानमा डकेन्द्र सिंह थेगिमलाई उम्मेदवार बनाएपछि उनी जनमतबाट उम्मेदवार बनेका हुन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेको छन् । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । यस्तै डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । गौतमले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली काँग्रेस (बिपी) बाट इलाम–२ मा उम्मेदवारी दिनुभएको थियो । उनले ५४ मत प्राप्त गर्नु भएको थियो ।
पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गर्नु भएको छ । उनलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेको छ ।
थेगिमलाई प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो । यस्तै एककिकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।
रास्वपाबाट केही बेरमा मिलन लिम्बूले ३ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।


