धरान / विगत १९ बर्ष देखि शिक्षा क्षेत्रमा सेवा पुर्याउदै आएको धरान मन्टेश्वरी एकेडेमीले आफ्नो  १९ औं वार्षिक उत्सब  तथा १७ औं दीक्षान्त समारोह धरान सैनिक भवनमा सुरु गरेको  छ । 

मंगलबार बिध्यार्थीहरु द्वारा विविध कार्यक्रम गरी २ दिनसम्म चल्ने वार्षिक उत्सब  तथा दिक्षान्त समारोह  सुरु गरेको हो ।

IMG_20240409_142222मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षतामा भएको कार्यक्रम मा उद्घाटन पोजेटिभ भाइब्रेसन सस्थापक प्रीतम  पौडेलको प्रमुख आथित्यता तथा धरान नगरपालिका वडा नं १ का अध्यक्ष योग्य मणि आचार्य,          IMG_20240409_132918

महिला सन्जाल सस्थापक सिला बज्राचार्य, सुनसरी उधोग बाणिज्य संघका पुर्व अध्यक्ष असोक ताम्राकार, बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पौडेलको बिसेस आतिथ्यतामा सुरु भएको हो ।

IMG_20240409_130611

 समारोहमा विधार्थीहरुले  गायन, नृत्य,  तथा नाटक  प्रदर्शन गरेका छन् । वार्षिक उत्सब  तथा दीक्षान्त समारोहमा  कक्षागत  उत्कृष्ट विद्यार्थी, उत्कृष्ट क्याप्टेन लगायत विभिन्न  उत्कृष्ट विद्यार्थीलाई  सम्मान गर्नका साथै शिशु कक्षा र  ५ कक्षा का विद्यार्थी  लाई दिक्षान्त गर्ने कार्यक्रम रहेको प्रिन्सिपल मैया राई  अग्रवालले बताउनु भयो

IMG_20240409_124514

१९ वर्ष देखी सञ्चालनमा ल्याईएको धरान मन्टेश्वरी शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै  साथै  बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम  रहेको यस  मन्टेश्वरीमा दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन हुँदै आएको छ जसले गर्दा सबैको मन जित्न सकेको प्रिन्सिपल मैया राई  अग्रवालले बताउनु भयो  ।

IMG_20240409_124648