सुन्दरहरैँचा /  मोरङको सुन्दरहरैँचामा  मेयर कप वडा स्तरीय खुल्ला  नकाउट फुटवल प्रतियाेगीता साेमवारबाट सुरू भएकाे छ । 

नगर खेलकुद विकास समितिकाे आयाेजनामा खेल सुरु भएकाे हाे । कार्यक्रमकाे उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले गरेका थिए। विशिष्ठ अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई थिए । 

कार्यक्रममा उपप्रमुख अकली चाैधरी, वडा अध्यक्षहरू, राजनीति दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख खेलप्रेमी व्यक्तिहरूकाे उपस्थिति रहेको थियो । उद्घाटन खेलमा वडा नम्बर १० ले १२ लाई हरायाे । खेल नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठकाे सभापतित्वमा भएको थियो ।1712675353798