तेर्ह्रथुम / नेकपा एमाले तेह्रथुमको अधिवेसन को मिति तय भए सगै नेकपा एमाले तेह्रथुमका नेताहरु अधिवेशनको तयारिमा लागेका छन, नेतृत्व कस्ले गर्ने भन्ने बारे  तेह्रथुमको चिया पसल देखि चोक चोकमा चर्चा चल्न थालको छ । अध्यक्षका आकांक्षीमा  शिव प्रसाद ढुङ्गाना र गोबिन्द राज श्रेष्ठ देखिएका छन् । ढुङ्गाना बिगत ३ कार्यकाल पार्टि को जिल्ला सचिव सम्हालि सकेका छन भने श्रेष्ठ स्थानिय सरस्वति मावि मा प्रधानाध्यापक भएर यहि बैशाख १३ गते शिक्षक पेसाको अवकास हुदैछ, अबकास भएसगै नेकपा एमालेको नेतृत्वमा आउन चाहन्छन श्रेष्ठ ।

तेह्रथुम बासि नेकपा एमालेका नेता कार्यकर्ताको माग भने ढुङ्गानाले सचिवको जिम्मेवारी कुसलता पुर्वक सम्हालिसकेकाले अबको नेतृत्व ढुङ्गानाले समाल्नु पर्छ भन्ने माग छ ।  

श्रेष्ठ भर्खरैमात्र बिध्यालयको जिम्मेवारी बाट सक्रिय राजनीतिमा आउन लागेकोले एकै चोटी अध्यक्षको दाबी गर्नु उचित नहुने पनि जिल्ला, प्रदेश तथा केन्द्रीय नेताहरुनै बताउँछन्।

 अधिवेशन भने २०८१ बैशाख २८-२९ लाई मिति तय भएको एक नेताले जानकारि दिए, 

उता ढुङ्गाना भने ३ कार्यकाल पार्टिको सचिव सम्हालि सकेको ले अब को नेतृत्वमा सबैनेता कार्यकर्ताद्वारा सर्वसम्मत आफ्नो नेतृत्वमा सहमती हुनेमा ढुक्क हुनुहुन्छ, कार्यकर्ता नेताको भावनामापनि म नेतृत्वमा रहनु पर्ने माग भएसगै यो पटकको अध्यक्षमा सबैको सहमतिमा नेतृत्व छानिने  ढुङ्गानाको भनाइ छ ।