सुनसरी । सुनसरीको दुहवी वडा नं.८ सोनापुरमा तेस्रो सोनापुर गोल्डकपको उपाधी इटहरी फुटबल क्लब सुनसरीले जित हात पारेका छ । 

बैशाख २ गते भएको फाईनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले आयोजक क्लब मेमोरी युवा क्लब सुनसरी इटहरीलाई  ४-१ गोलको अन्त्तरले पराजित गरेको हो । 

पहिलो हाफमा इटहरीका खेलाडी कुलदीप कार्की , सोङ्ग र उमेश कार्कीले १४ औँ , २४ औ र ३३ औ मिनेटमा एक एक गोल गरी आफनो टिमलाई ३–० गोलको अग्राता दिलाएको थियो । भने खेलको दोस्रो हाफमा आयोजक मेमोरी युवा क्लबका खेलाडी असिम राइले ५ औ मिनेटमा आफनो टिमलाई एक गोल गरी ३–१ गोलको अग्रता बनाएको थियो खेल दुवै टिमबाट बाट निकै प्रतिस्प्रर्धा भए पनी इटहरी फुटबल क्लब अतिरिक्त समयमा सोङ्गले थप एक गोल गरी आफनो टिमलाई ४–१ गोल भई उपाधि जित्न सफल भयो ।

खेलको म्यान अफ द म्याच आयोजक मेमोरी युवा क्लब असोक खवास चुनिएका थिए भने उनलाई नगद रु ३ हजार १ सय सहित मेडल प्रदान गराएका थिए ।

दुहवी नगर प्रमुख वेद नारायण गच्छदारले विजेता टिम इटहरी फुटबल क्लब सुनसरी लाई प्रथम पुरुस्कार नगद रु २ लाख ११ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । भने उपविजेता आयोजक मेमोरी युवा क्लब सुनसरीले नगद रु १ लाख ५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउँनु परेको थियो ।

प्रमुख अथिति दुहवी नगरपालिकाका नगर प्रमुख गच्छदारले   कुरुप अवस्थमा रहेको दुहवी नगरपालिकालाई चारै तिरबाट विकाश गरि रहेको  बताए ।

प्रदेश र केन्द्रको करौडो रकम नगरपालिकामा घटेर आए पनि दुहवी नगरवासीको साथ र सहयोगले विकासको कामहरुलाई हिम्तका साथ अगाडी बढाइ रहेका मेयर गच्छदारले बताए ।

नगरपालिकामा खेलाडी राम्रो अभ्यास गर्ने खेल मैदान र ठुला ठुल गोल कप गर्ने खेल मैदानको अभावले गर्दा नगरपालिकाले २२ करोडको लागतमा दुहवी वडा नं.४ मा रंगशलाको निमार्ण थाले संगै अहिले ७५ प्रतिशत भन्दा बढी काम भई रहेका मेयर गच्दारले बताए ।

दुहवी नगरपालिकालाई खेल माध्यमाबाट चिनाउनका लागी पालिका भरी खेल मैदानलाई बिस्तारै सुघार गदै गई रहेको मेयर गच्दारले बताए l

नगरपालिका भित्र भएका खेलकुद प्रतियोगीताहरुलाई सफल पार्न नगरपालिकाले सक्दो सहयोग गरि रहने मेयर गच्दार बताए ।

कार्यक्रम्मा दुहवी नगरपालिकाका जनप्रतिनिधिहरु समाजसेवी वुद्धिजिवी ,सुरक्षाकर्मी र खेल प्रमी दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।