भोजपुर / भोजपुरको चखेवा भञ्ज्याङमा नयाँ वर्षको अवसरमा आयोजना गरिएको ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव समापन भएको छ । 

चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा बैशाख १ गतेदेखि सुरू भएको कृषि, पर्यटन र संस्कृति महोत्सव बैशाख ३ समापन भएको हो  ।

महोत्सवमा स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति भएको थियोे ।

समापन कार्यक्रमका प्रमुख अतिथि पुर्व पर्यटन मन्त्री सुधन किरातीले टेम्केमैयुङ पर्यटकको हब क्षेत्र भएकाले पुर्यटन क्षेत्रमा सहयोग गर्दै जाने बताए । आफू मन्त्री हुँदा टेम्केमैयुङलाई पर्यटन क्षेत्रमा सहयोगमा गरेको उनको भनाइ थियोे ।

गाउँपालिकाको कृषि, पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा प्रचारप्रसारका लागी महोत्सव आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए  । महोत्सव प्रत्येक वर्ष आयोजना गर्दै जान अगाडि बढेको उनको भनाइ छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने गाउँपालिकाका उपाध्यक्ष रमादेवि राईले बताइन्  ।

महोत्सवले स्थानीय जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी गरि पर्यटन विकासका लागि  टेवा पुगेको आयोजक संस्थाका अध्यक्ष आइकुमार राईले बताए ।

समापन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार ,टेम्केमैयुङका ९ वटै वडाका वडा अध्यक्ष ,समाजसेवी ,बुद्धिजीवी ,विभिन्न राजनीतिक दलका प्रतिनिधि , स्थानीय लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।