भोजपुर / भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालंखाबाट मैयुटार जाँदै गरेको वुलेरो दुर्घटना भएको छ ।

आमचोकको बालांखा बजार देखि मैयुटार जादै गरेको को १ ज २६१७ नम्बरको बुलेरो दुधकोशी नदिमा खस्दा घटना स्थलमै एक जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष सुदिपराज पाठकले बताए ।

घाइतेहरुलाई उपचारको लागि पानीबोटबाट धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ । गाडीमा चालक सहित ९ जना सवार थिए । घाईतेहरुको नाम ठेगाना भने खुल्न सकेको छैन ।