मोरङ – प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्बहाली भएका कृष्ण बस्नेत (परशुराम)सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ।

कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले वैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् ।

बस्नेतले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढ्न खोजेका कारण स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श गर्ने काम भइरहेको बताए। उनले भने, ‘यो स्पष्टीकरण अदालतको फैसलाविरुद्ध छ। चुनावको प्रतिद्वन्द्वी भएकाले ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो। विधि, विधानअनुसार अदालतको निर्णयलाई सम्मान गरेर मैले कार्यभार सम्हालेको हो। निर्वाचनका बेला प्रतिस्पर्धी भएकै आधारमा स्पष्टीकरण सोधिएको छ।’

मुख्यमन्त्री कार्कीले २ वर्ष अघि २०७९ मा चुनावि प्रतिस्पर्धी बस्नेतमाथि लाभको पदमा बसेर प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको भनेर आज स्पष्टिकरण सोधिनुपनि पदिय मर्यादा बिर्सिएको हो वा भोली आफ्नो पद जाने निस्चित हुँदा  हतास भएर चलानि नम्बर समेत नभएको पत्र पठाएको हुनसक्ने बस्नेतले बताए।

बस्नेतले भने, ‘यो कुरा निर्वाचन आयोगले निर्वाचनकै बेला सोध्नुपर्ने थियो। अहिले आएर मुख्यमन्त्रीले राजनीतिक प्रतिशोध साँध्न कार्यक्षेत्रभन्दा बाहिर गएर स्पष्टीकरण सोध्नु न्यायसंगत नभएको बताए ।’नि

उच्च अदालतले सदस्य सचिवमा पुनर्बहाली गरेपछि तत्कालीन सदस्यसचिव हंसराज वाग्ले कार्यक्रमको निउ बनाएर नियम बिपरित मिति बेगरको कार्यालय बन्द भनि सुचना टाँसेर हिँडेका र अदालतको फैसलालाई समेत बेवास्ता गरि कार्यालयका सवारी समेत लिएर हिडेको थिए । बोर्डमा लगाइएको ताला प्रसासन् कार्यालयले स्थानीय सरकार, खेलाडी, सन्चारकर्मी लगायतको रोहबरमा ताला खोलिएको थियो ।

बस्नेतलाई भीम आचार्य नेतृत्वको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो। राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारबाट २०७८ चैत २२ गते पदमुक्त भएका बस्नेत २०८१ वैशाख १७ गते उच्च अदालतमार्फत सदस्य सचिवमा पुनर्बहाली भएका थिए।