रामधुनी / भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको निर्माणाधीन भवनकाे मेयर सहित सरोकारवाला निकायका टोलिले अनुगमन गरेका छन ।
काम स्टिमेट अनुसार गुणस्तरीय रूपमा भएको अनुगमन टाेलीकाे निष्कर्ष छ । यसअघि काम गुणस्तरहिन हुँदै आएको गुनासो थियो ।
भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसमा निर्माणाधीन भवनकाे नगर रामधुनी नगर प्रमुख शंकरलाल चौधरी लगाएत सरोकारवालाहरुले अनुगमन तथा निरिक्षण गरेका छन् ।
भवन निर्माणमा गुणस्तरहीन सामाग्री प्रयाेग नहोस् भनेर नगर प्रमुख, उपप्रमुख सहितको टाेलीले बेला बेलामा अनुगमन गरिरहेको छ ।
चौधरीले क्याम्पस आफ्नो प्राथमिकतामा रहेको भन्दै बर्षेनी ५० लाख बजेट दिने घोषणा यसअघि नै गरिसकेका छन् ।


