सुनसरी / कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । आज (बिहीबार) मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् ।

नेकपा (एमाले) का उपनेता समेत रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री बनेका छन् ।उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् । उनीहरू बिना विभागीय मन्त्री नियुक्त भएका थिए । बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए । बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो ।