इटहरी / इटहरीको नेपाल डिभिएम ग्लोबल एकेडेमीका स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त तथा स्वागत गरेको छ ।

इटहरीमा रहेको नेपाल डिभिएम ग्लोबल एकेडेमी स्कुलका १ सय ५० बढी विद्यार्थीहलाई दिक्षान्त  तथा १ सय ७५ बढी विद्यार्थीहरूलाई स्वागत गरिएको हो । दिक्षान्त समारोहबाट विद्यार्थीहरूलाई उपादि समेत वितरण गरिएको थियोे ।

 एकेडेमीमा आउने  नयाँ आगन्तुक विद्यार्थीहरू गुलमिल हुने र दिक्षान्तबाट एउटा तहको माथिल्लो भागमा पुगेको बोध हुने डाक्टर तथा नेपाल दयान्नद वैदिक सिसन ग्लोबल एकेडेमीका प्राचार्य बिनु प्रसाद सिटौलाले बताउनुभयो ।

सो कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष धुब्र कुमार सुब्बा , विद्यालयका सञ्चालक समिति उपाध्यक्ष इश्वरी पराजुली , विद्यालयका प्रबन्धक सञ्चालक राजेश खनाल , लेखा संयोजक दिका दन्त , विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्व प्रसाद रिजाल विद्यालयका शिक्षक , विद्यार्थीहरूको  सहभागीता रहेको थियो ।