इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।
इटहरी एक कार्यक्रम आयोजना गरि नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा खोज बहादुर लाय मगर अध्यक्ष भएका छन् भने सदस्यमा तिर्थराज घिमिरे ,कर्ण सुनावार भएका छन् ।
नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेको प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कोशी प्रदेश कमिटीका संयोजक डिल्लीराम घिमिरेको सभा अध्यक्षमा कार्यक्रम गरिएको हो ।
अधिवेशनमा भुतपुर्व सैनिक रविलाल पौडेल,गजराज कटुवाललाई सम्मानित गरिएको थियोे ।
भुतपुर्व सैनिकहरूले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नु पर्ने र संगठनलाई विस्तार गर्दै जानू पर्ने कार्यक्रमका नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेले बताए ।
अधिवेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाका भुतपुर्व सैनिकहरूको बाक्लो सहभागी रहेको थियोे ।


