इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हाम्रो इङ्लिस बोडिङ स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा स्वागत गरेको छ ।

हाम्रो इङ्लिस बोडिङ स्कुलले नर्सरी ,युकेजी ,एलकेजी , कक्षा ५ र ८ कक्षा पास गर्ने २ सय ५० बढी विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा नव आगन्तुक २ सय २० बढी विद्यार्थीहरूलाई स्वागत गरेको छ । 

विद्यार्थीहरूलाई व्यवहारीक ज्ञान सिकाउदै पछिल्लो समयको प्रविधि क्षेत्रको ज्ञान दिएर पठनपाठन गर्दै आएको कार्यक्रमका प्रमुख अतिथि  विद्यालय सञ्चालक समितिका अध्यक्ष समृता  सुब्बाले बताउनुभयो । विद्यार्थीहरूको पठनपाठनमा गुणस्तरीय बनाउदै जाने उहाँको भनाइ छ ।

स्कुलमा आउने  नयाँ आगन्तुक विद्यार्थीहरू व्यवहारीक ज्ञान दिलाउदै दिक्षान्तबाट एउटा तहको माथिल्लो हौसला मिल्ने स्कुलका प्रधानध्यापक तेजबहादुर निरौलाले बताउनुभयो ।

विद्यार्थीहरूको पढाइमा हौसला मिलोस भन्ने उदेश्यले इटहरी नगर शिक्षाले लिएको परीक्षा पास गरेका विद्यार्थीहरूलाई दिक्षान्त समारोह आयोजना गरिएको विद्यालय सञ्चालक समिति सदस्यका पद्मा सुब्बाले बताउनुभयो । सिकाइमा सहयोग मिलोस , प्रभावकारी होस भन्ने उदेश्यले दिक्षान्त समारोह आयोजना गर्दै आएको उहाँको भनाइ छ ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा विद्यालय सञ्चालक समितिका प्रतिनिधि, स्कुलका  स्कुलका शिक्षक , विद्यार्थी ,अभिभावक लगाएतको बाक्लो सहभाता रहेको थियोे  । स्कुलले विद्यार्थीलाई क्षमता अभिवुद्वी गर्न विभिन्न सांस्कृतिक नृत्य , खेलकुद , नाटक , योग, गायन , नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिदै विद्यालयले विद्यार्थीहरुलाई दक्ष बनाउदै आइरहेको छ । IMG_20240513_154751

IMG_20240513_175934