संखुवासभा / संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर - ९ स्थित महेन्द्र ज्योती माध्यमिक विद्यालयमा विद्यार्थी माथी कुटपिट भएको छ । 

विद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले विद्यालयमा अध्ययन गर्ने  विद्यार्थी शिवराज निरौलालाई  विद्यालयमा कुटेर  घाइते बनाएको त्यहाँका विद्यार्थीहरू बताएका छन । कुटपिट गरेको देखेको समेत विद्यार्थीहरूको भनाइ छ  ।

विद्यार्थीको घरमा गई केही शिक्षक उक्त विद्यार्थीको घरमा गएर गल्ती भएको भन्दै हार गुहार गरेको पाइएको छ ।  विद्यार्थी अभिभावक   स्थानीय  सहयोगमा ईलाका प्रहरी कार्यलय आखिभुइमा  उजुरी दिएका छ्न । आफू अन्यायमा परेको हुँदा, आफुलाई न्याय दिनु पर्ने पीडित बिद्यार्थी शिवराज निरौलाको भनाइ छ । 

वडा न.९ का वडाअध्यक्ष चित्र बहादुर कार्कीका अनुसार घटना घटेको सत्य हो, इलाका प्रहरी कार्यलयमा छलफल गर्ने  जानकारी दिए ।  कुनै पनि शिक्षकले विद्यार्थीलाई निहित तरिकाले कुट्ने अधिकार नभएको अभिभावकको भनाइ छ ।