इटहरी । सुनसरीको इटहरी स्थित सिबि कलेजले कक्षा ११ का विधार्थिहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी दक्षता बनाउन को ३ दिने तालिम प्रदान गरेको छ । काठमाडौँको विभिन्न कलेजहरूमा बिद्यार्थीहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण तालिमहरू प्रदान गरिएको हो ।
विद्यार्थीहरूले वार ट्रेन्डिङ, हाउस किपिङ ,किचेन केक मेकिङ, लगायतका तालिम लिएका थिए । कलेजले तालिम सँगै चितवनस्थित वाह्रसिङे बियर फ्याक्ट्री र साैरहा स्थित चितवन राष्ट्रिय निकुञ्जको पनि अवलोकन गराइएकाे थियो।

अवलोकनकै क्रममा विद्यार्थीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सरकारले चासो राखे बाहिय पर्यटकहरूको मुख्य केन्द्र बनिने र यसबाट वार्षिक अरबाै रूपैया फाइदा पुग्ने औल्याएका थिए ।
तालिम गत २०८१ - वैशाख ३० देखि २०८१ ज्येष्ठ ०४ सम्म सञ्चालन भएको हो । हाेटल म्यानेजमेन्टका विधार्थिहरूलाइ हाेटल क्षेत्रमा अबल बनाइ भविष्यमा स्वरोजगार बनाउने उद्देश्यले सो तालिम प्रदान गरिएको कलेजका प्राचार्य खेमराज बास्तोलाले बताउनुभयो।


