सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न .४ र ८ वडा को संगम स्थलमा रहेको  शिवलय मन्दिर को प्रङगणमा पुलाह मा `द पुलाह क्लब´ द्वारा ५१ प्रिन्ट रक्त संङकलन गरेको छ । 

रक्तदान जीवन दान , रक्तदान नै महानदान हो भन्ने नारालाई  मुलमन्त्रका साथ द पुलाह युथ क्लब को आयोजना र नेपाल रेडक्रास सोसाइटी र आवस्यकतामा रगत नामक संस्थाको सहयोगमा  रक्तदान कार्यक्रम संचालन गरिएको हो । रक्तदान कार्यक्रममा प्रमुख आकर्षक अतिथिको  रूपमा बराहक्षेत्र नगरपालिका का नगर प्रमुख रमेश कार्की रहनु भएको थियो भने बराहक्षेत्र नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रोशन खड्का ,  द पुलाह युथ क्लब अध्यक्ष दिवान सिहं राई , यस क्लब का सचिव रुपक बिष्ट , यस क्लबका अन्य पद अधिकारहरु , रक्तदाताहरु लगायत स्थानीय समाज सेवि, राजनैनिक एवं शैक्षिक ब्यक्तिहरुको उपस्थिति मा उक्त रक्तदान कार्यक्रममा राखीएको थियो । 

त्यसै गरि सहयोगि संस्थामा आवस्यकतामा रगत सुनसरी संयोजक प्रकाश गिरि  , रक्त संन्चार सेवा केन्द्र धरान बाट सोमनाथ भन्डारि ,रक्त संन्चार सेवा केन्द्र प्रविधिक सुरेन्द्र प्रसाद शाह , रामनारायण पण्डित रक्त संकलन मा खटिनु भएको थियो । 

साथै रक्तदान कार्यक्रममा सहयोग गर्ने सहयोगी दाता १३ जना लाई लाई  सम्मान पत्र समेत प्रदान गरिएको थियो।

बराहक्षेत्र नगरपालिका साथै पुलाह मा सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको भनी पुलाह युवा क्लबको अध्यक्ष दिवान सिहं राईले बताउनु भयो ।