सुनसरी | इटहरीमा अार्थिक वर्ष २०८०-०८१ मा इटहरी उपमहानगरपालिकामै पहिलो पटक इटहरी उपमहानगरपालिका वडा नम्बर १६ ले सार्वजनिक सुनुवाइ गरेकोे छ ।
प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि, विराट टेलिभिजन र कोशी प्रेसको सहकार्यमा अार्थिक वर्ष २०८०-०८१ अवधिमा इटहरी वडा नम्बर १६ ले सार्वजनिक सुनुवाइ मार्फत वडा कार्यालयले गरेका कृयाकलाप, योजना तथा बजेट वारे सार्वजनिक गरेकोे थियोे । स्थानीय बासिन्दाले बाढी , बाटो ,शिक्षा ,स्वास्थ , कृषि, बालबालिका सुचना तथा संचार , बिजुली , लगाएतको विषयमा स्थानियले प्रश्न उठाएका थिए । प्रश्नको उत्तर वडा अध्यक्ष तेज नारायण चौधरीले दिनुभएको थियो । इटहरी भरिका २० वटा वडा मध्ये इटहरी १६ नम्बर वडाले पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको स्थानीय तथा सुनसरी जिल्ला किक्रेट संघका अध्यक्ष सिपि पौडेलले बताउनुभयो ।
दुई वर्षको अवधिमा इटहरी उपमहानगरपालिका भरिमा पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । जनता सँग गरेका बाचाहरू कसरी पूरा गर्दै छौँ भन्ने विषयमा जानकारी गराएको उहाँको भनाइ छ ।
सो सार्वजनिक सुनुवाइमा वडा सदस्य सिताराम चौधरी, खिना खतिवडा , धन माया विश्वकर्मा, सुनिल कुमार चौधरी, स्वास्थ्य चाैकि प्रमुख राम कुमार धमला, वडा सचिव जीवन घिमिरे ,राजनीति व्यक्तित्व स्थानीय लगाएतको बाक्लो सहभागीता रहेको थियो । यता इटहरी उपमहानगरपालिकाले पनि अहिले सम्म सार्वजनिक सुनुवाइ गरेको छैन । 



