इटहरी / इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

जेठ २० गते देखि २७ गते सम्म विविध कार्यक्रम गरी मनाएको हो । इटहरी जेसीजका अध्यक्ष सुमन शुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम गर्दै जेसिज सप्ताह  सम्पन्न भएको हो । कोशी प्रदेश सरकाले आफ्नो नेतृत्वमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए ।

सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ , अन्तर जेसीज हाजिरी जवाफ , इटहरी उपमहानगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला,ट्राफिक तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताए ।

जेसीज अभियान युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको विश्व विद्यालय भएको भन्दै भोलीको नेत्तुत्वमा युवा विषयमा समेत चर्चा गरेका थिए  । कार्यक्रमका विषेश  वक्ता इटहरी उपमहानगरपालीकाका नगर प्रमुख हेमकर्ण पौडेल र सेन भुले स्वर दुलाल वक्ताका रूपमा रहेका थिए ।

इटहरी जेसीजले रचनात्मक तथा उर्जाशिल काम गरेर समाज रुपान्तरणमा योग्दान पुर्याएकोमा खुसी व्यक्त गरेको इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले बताए ।

सप्ताह कार्यक्रममा प्रतियोगितामा प्रथम, दितिय र त्रितिय हुने विजेताहरु लाई पुरस्कार वितरण गरिएको हो ।   समापन कार्यक्रममा उत्कृष्ट युवा व्यवसायी सम्मानबाट इटहरीका व्यवसायी राजकुमार खत्रीलाई सम्मान गरिएको थियोे ।जेसिज