रामधुनी : नेकपा एमाले रामधुनी नगर कमिटीले नगरपालिकामा बारम्बार सूचना उपलब्ध गराउनुका साथै सार्वजनिक सुनुवाई समेत गरेर सम्पुर्ण सुचना सार्वजनिक गरि सक्दा पनि सुचना नपाएको भन्दै

 मिडिया र सामाजिक सन्जालमा गलत सुचना प्रवाह गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । रामधुनी नगरपालिकाको विषयमा ६ राजनीतिक दल र झुम्का उद्योग वाणिज्य सङ्घले सूचना मागको बहानामा सुचना पाइसक्दा समेत समाजमा गलत छरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।

एमाले नगर अध्यक्ष योगेन्द्र खड्का र सचिव नवराज खड्काले प्रेस विज्ञप्ति जारी गर्दै अनुचित माग राखेर घेराबन्दी नगर्न र समाजमा गलत सुचना नछर्न भनेका छन् । नेपालको संविधान र सूचनाको हक सम्बन्धी ऐन लाइ अपव्याख्या गर्दै बारम्बार एउटै सूचना माग्ने, पाएको सुचना नबुझ्ने गरेका राजनैतिक दलहरू तथा उद्योग वाणिज्य सङ्घलाई पूर्वाग्रह नराख्न एमालेले चेतावनी दिएको छ ।

एमाले पार्टीबाट निर्वाचित मेयर र उपमेयर लगायत जनप्रतिनिधिमाथि राजनीतिक पूर्वाग्रहका आधारमा व्यवहार भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

पटक पटक सूचना उपलब्ध गराउँदासमेत अनावश्यक प्रचारप्रसार गरेर समाजमा भ्रम फैलाउने समाचार मिडियामा आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।