सुनसरी / इटहरीमा कोशी प्रदेशमा पहिलोपटक कोशी प्रदेश स्तरीय खुल्ला महिला तथा पुरूष पौडी प्रतियोगिता हुने  भएको छ । 

आगामी असार १७ र १८ गते कोशी प्रदेश खेलकूद विकास बोर्डको आयोजना तथा कोशी प्रदेश पौडी संघको संयोजकत्वमा पहिलो पटक इटहरीमा कोशी प्रदेश स्तरीय खुल्ला महिला तथा पुरूष पौडी प्रतियोगिता हुने भएको हो । खेलकुद नै स्वास्थ्यको मुल आधार हो भन्ने नाराका साथ इटहरीको ओसियन पार्कमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विभिन्न विधाहरुमा प्रथम, द्धितिय तथा तृत्तिय स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । खेलले कोशी प्रदेश मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडि पठाउन सक्ने गरि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङले बताउनुभयो ।कोशी प्रदेशमा पौडी प्रतियोगिताको सन्देश समेत जाने उहाँको भनाइ छ ।


पौडी खेलको विकास, प्रचार प्रसार र प्रवर्द्धन गर्ने उदेश्यले खेल आयोजना गरिएको कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बताउनुभयो ।  कोशी प्रदेशमा खेल क्षेत्रललाई प्राथमिकता दिएर अघि बढेको  उहाँको भनाइ छ । खेलले पर्यटन समेत भित्राउन सकिनेमा उहाँको जोड थियोे । 

प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने महिला तथा पुरुष खेलाडिहरु छनौट गरि उचित तालिम तथा अन्य प्राविधिक कार्यको व्यवस्थापन गरिने भएको आयोजकले जनाएको छ ।

खेलाडीहरुलाई सार्वजनिक यातातयात भाडा बराबरको आवत जावत खर्च तथा खाजा, खाना र बासको व्यवस्था गरिनेछ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरु असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ। खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुने छन्।