इटहरी / कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले इटहरी अस्पतालमा सामग्री वितरण गर्नु भएको छ ।

इटहरी अस्पतालमा  कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले स्वार्गिय बुवा मोहन बहादुर श्रेष्ठको सम्झनामा एक थान हुइल चियर प्रदान र एक थान बिरामी सुत्ने बेड गर्नु भएको छ । १ लाखको बढीको सामग्री प्रदान गरिएको हो ।  

अस्पतालमा सेवा सुविधालाई सहज होस भनेर हुइल चियर प्रदान र बेड  गरिएको कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले बताउनुभयो ।आफ्ना बुवाका लागि घरको लागि ल्याएको थिए बुवाको मृत्यु भएपछि इटहरी अस्पतालमा वितरण गरिएको उहाँले भनाइ छ । इटहरी अस्पताललाई व्यवस्थित बनाउन कोशी प्रदेश सांसदमा कुरा उठाउदै आएको उहाँको भनाइ छ ।

इटहरी अस्पतालका प्रमुख डाक्टर मनिस कुमार शर्माले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने बताउँदै धन्यवाद ज्ञापन गर्नु भयो । सो समान इटहरी अस्पतालका कर्मचारीहरूले लिएका थिए ।