काठमाडौं / सत्ता साझेदार नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारी अस्पतालमा ‘काउन्टर’ थपेर भए पनि लामो लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बरालले टिकट लिन, रिपोर्ट लिन र डाक्टरलाई रिपोर्ट देखाउन लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘सर्वसाधारणले सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । बिहान ९ बजेको ओपीडीका लागि ५ बजेदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘दर्ता गर्न, रिपोर्ट लिन र रिपोर्ट देखाउन देखाउन लाइन बस्नु परेको छ ।’ बरालले भनिन््, ‘एउटै बिरामी पटक–पटक लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’


