इटहरी / नेकपा एमालेले इटहरी अधिवेशनका लागि एकै दिन २० ओटै वडाको प्रतिनिधि छनोट गर्ने भएको छ ।
नगर कमिटीको जेष्ठ ३० बुधबार बसेको बैठकले २०८१ असार २, ३ र ४ गते इटहरीमा हुने नगर अधिवेशनका लागि नगर भरि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
इटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरूमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट वडाबाट प्रतिनिधि आउने बस्नेतले बताउनुभयो ।
एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९ र आयोजक कमिटी बाट ७८ जना, जनवर्गीय संगठन बाट ६८ जना प्रतिनिधि आउने उप सचिव मन्दिरा भट्टराईले बताउनुभयो । नगर अधिवेशन सञ्चालनका लागि ११ वटा उपसमिति गठन गरेको छ ।


