काठमाडौं/"खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पुर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार" भन्ने मुल नाराका साथ नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदै छ ।
२०८१ असार ४ गते देखि ६ गते सम्म महासंघको केन्द्रीय कार्यालय मध्य-बानेश्वरमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षता रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यता नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघ इन्चार्ज कर्ण बहादुर थापाको विशिष्ट अतिथ्यतामा भएको नेपाल खेलकुद महासंघ महासचिव धरम लामाले बताउनुभयो ।

कार्यक्रममा महासचिव शंकर पोखरेलले दशौँ महाधिवेशनको कार्यदिशा र जनताको बहुदलीय जनवादका बिषयमा प्रशिक्षण दिनुभयो भने डा राजन भट्टराईले भूराजनीति तथा कूटनीतिक सम्बन्धमा प्रशिक्षण दिनुभयो त्यस्तै रचना खड्काले भने जनसंगठन र पार्टी बीच अन्तर सम्बन्ध बारे प्रशिक्षण दिनुभयो।
महासंघका अध्यक्ष पर्शुराम बस्नेतले संगठन निर्माण, परिचालन एवं व्यवस्थापन बारे प्रशिक्षण दिनुभएको छ।



