काठमाडौं । नेपाल खेलकुद महासंघको स्थायी कमिटी तीन दिन बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीबार काठमाडौं सम्पन्न भएको छ ।  मंगलबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समापन गर्नुभयो ।

FB_IMG_1718904996158

महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित कार्यक्रममा तालिमका सहभागीलाई ज्ञवालीले प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै ज्ञवालीले वैचारिक रूपमा प्रतिबद्ध कार्यकर्ताले मात्र संगठनको कामलाई सही रूपमा अघि बढाउन सक्ने बताउनुभयो ।          FB_IMG_1718905039326त्यसैले प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र तलसम्म लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । प्रशिक्षक प्रशिक्षण तालिम लिएका सहभागीले प्रशिक्षण कार्यक्रमलाई तलसम्म लैजाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।            Screenshot_2024_0620_231248महासंघका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको    एमालेका महासचिव शंकर पोखरेलले मंगलबार शुभारम्भ गर्नुभएको थियो । सहभागीलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय कमिटी सदस्य रचना खड्का लगायतले प्रशिक्षण दिनुभएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो । 

तयार भएका प्रशिक्षकहरूबाट केन्द्र देखि वडा कमिटी सम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने महासंघका अध्यक्ष पर्शुराम बस्नेतको बताउनुभयो ।