इटहरी / स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद सबैका लागि खेलकुद हामी अपाङ्कगका लागि हौं हामी पनी सक्छौं यो देशलाई चिनाउन, यो देशको गौरव बढाउन । केबल अधिकारबाट बन्चित नगरौं सरकार भन्दै स्पाईनल इन्जुरी सघ कोशी प्रदेशको आयोजनामा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता २०८१ को आयोजना गरिएको छ ।
महिलाहरु कमजोर हुने भएको र त्यसमा पनि अपाङ्कगलाई हेर्ने दृष्टिकोण फरक रहदै आएको छ । अपाङ्कगहरुले पनि केहि गर्न सक्छन् भन्ने छाप यो समाजलाई दिन र आफुमा अपाङ्कगता भएका व्यक्तिहरु सक्षम छन् भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको स्पाईनल इन्जुरी सघ कोशी प्रदेश महासचिव राजन बराईलीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलमा सहभागी खेलाडिहरुले खेलेको खेल उत्साह पुर्ण रहेको बताउँदै अपाङ्कग भए पनि सपाङ्कगले झैँ खेलेको बताउँदै आफुले गर्न सक्ने काम गर्ने मन्त्री राईल बताउनु भयो ।
डोल्पा बाट आएउनुभएकि ह्विलचियर बास्केटबल खेलाडी प्रेमा गुरुङ्खले धेरैलामो यात्रा गर्नु पर्ने भएकाले आफुलाई समस्या हुने भएकाले अफ्ठेरो महशुस भए पनि यहाँ आँउदा राम्रो लागेको बताउनुभयो । आफ्नो शरिरहरु नचल्ने बताउदै खेल्न असहज भए पनि शारीरिक हिसाबमा आफुहरु खेल खेल्दा तन्दुरुस्त हुने खेलाडी गुरुङ्खले बताउनु भयो ।
खेलमा मधेश प्रदेश बाहेकका छ प्रदेश खेलमा सहभागी रहेका छन् भने उद्घाटन खेल कोशी भर्सेज कर्णाली प्रदेश विच भएकोमा कोशीले जित हासिल गरेको छ । खेल अवधि भर १८ लाख खर्च हुने स्पाईनल इन्जुरी संघ कोशी प्रदेश महासचिव राजन बराईलीले जनकारी दिनुभयो ।