कोशि प्रदेस खेलकुद विकास बोर्डको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोगमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन भएकाे छ । हिमालय माध्यमिक विद्यालय दमक को साभाहलमा असार १५ देखि १७ गते सम्म सन्चालन हुने सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश समाजिक बिकास मन्त्री पाँच कर्ण राईकाे प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य माननीय होम बहादुर थापा , कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेतकाे विशिष्ट आतित्यता,
दमक नगरपालिका पूर्व नगर प्रमुख रोम ओली , प्रदेश खेलकूद विकास बोर्डका सदस्य,कार्यालय प्रमुख, लेखा अधिकृत तथा नेपाल खेलकुद महासंघ प्रदेश कमिटी अध्यक्ष राजकुमार थापा लगायत खेलकुद महासंघका प्रदेश सह-इंचार्ज,केंद्रीय सदस्य ,लेखा आयोगका केंद्रीय सदस्य,प्रदेश कमिटीका सदस्यहरु पार्टीका प्रतिनिधि, प्रशिक्षक, शिक्षक, खेलप्रेमी तथा प्रशिक्षार्थीहरू को उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएकाे नेपाल खेलकुद महासंघ कोशि प्रदेस सह-इन्चार्ज दिनेस सुबेदिले बताउनुभयाे ।