विराटनगर :  नेपाल खेलकुद महासंघ (नेकाेस) अध्यक्ष पर्शुराम बस्नेतले संविधानको आवधिक समीक्षा, विकास निर्माणको अभियानलाई तीव्रता दिँदै त्यसबाट व्यवहारिक उत्पादन गरी आत्मनिर्भर अर्थतन्त्रको  विकास गर्न एमाले र कांग्रेसबीच सहकार्य भएको बताएका छन् ।

राष्ट्रिय शक्तिको निर्माणसहित राष्ट्रिय हितको रक्षा गर्न दुई  ठूला दलबीच भएको सहकार्यले देशमा सुशासन र सामाजिक न्याय कायम गर्ने आशा नागरिकमा पलाएकाे  संचारकर्मि संगकाे भेटमा महासंघ अध्यक्ष  बस्नेतले  बताए ।