इटहरी / गत असार १४ देखी १६ गते सम्म भारत को सिलिगुडीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भएका बुढीगङ्गा मार्सल आर्ट क्लबका खेलाडीलाई बुढीगङा तेक्वान्दो डोजाङ्ग र बुढीगङा मार्सल आर्ट क्लब इटहरी वडा नम्बर ४ ले संयुक्त रूपमा बिजयी खेलाडी हरुलाई प्रमाणपत्र र मेडल दियर सम्मान गरेको छ ।

इटहरी वडा नम्बर ४ स्थित मनकामना मन्दिरको सभा हलमा भएको कार्यक्रममा १० जना सहभागी खेलाडी हरुमा ७ Gold medal २ silver medal ra १ bornze third ल्याउन सफल भएको थिए । 

खेलले खेलाडीहरूलाई खेल  क्षेत्रमा बढ्न ठुलो सहयोग गरेको कार्यक्रमकि प्रमुख अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो । स्थानीय सरकारले सक्ने सहयोग गर्दै आउने उहाँको भनाइ छ ।

वडा कार्यलय खेलाडी सम्मान गर्दै आउने र खेल क्षेत्रमा वडाले सहयोग गर्ने कार्यक्रमका विशिष्ट अतिथि इटहरी ४ का वडा अध्यक्ष भक्त लामा तामाङले बताउनुभयो ।

खेलाडी लाई अझै अब्बल र सक्षम बनाउन स्थानीय सरकारले बजेट बिनियोजन गर्दा खेल क्षेत्र लाई प्राथमिकतामा राखी बजेट बिनियोजन गर्नुपर्ने कार्यक्रमका अध्यक्ष रमेश खत्रीले बताउनु भयो ।

सो कार्यक्रममा  सामाजिक बिकास विज्ञ चन्द्र  प्रसाद भट्टराई , नेपाल तेक्वान्दो संघ का कोसि प्रदेस कार्यबाहक सिबराज दाहाल खेलाडी लगाएतको उपस्थिति रहेको थियो ।                 IMG-20240706-WA0019