इटहरी / इटहरीमा असार २९ गते दोस्रो पटक जगन्नाथ रथयात्रा कार्यक्रम हुने भएको छ । 

इटहरीमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा यहीँ असार २९ गते इटहरीमा दोस्रो पटक जगन्नाथ रथयात्रा गर्ने भएको हो । इस्कोन इटहरीको कार्यलयबाट इटहरी बजार परिक्रमा  गरी राधाकृष्ण मन्दिरमा आएर  रथयात्रा समापन हुने भएको छ ।रथयात्रा कार्यक्रममा करिब १० हजार उपस्थिति हुने साथै ५ हजारलाई आयोजकले व्यवस्थित गर्ने भएको छ ।

वैदिक संस्कृति संरचना संरक्षण गर्न  रथयात्रा आयोजना गरिएको इस्कोन इटहरीका अध्यक्ष ललित माधव दासले बताउनु भयो । रथयात्राले धर्म संस्कृतिको संरक्षण हुने उहाँको भनाइ छ । रथ यात्रा कार्यक्रमलाई आर्थिक सहयोग गर्ने जगन्नाथ रथ यात्रा महोत्सव समीतिका अध्यक्ष विष्णु रिजालले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नु हुने भएको छ । रथ यात्रामा भजन कृतन, पुस्तक प्रर्दशनी र प्रसाद ग्रहण गरिने भएको हो ।  जिल्ला प्रशासन कार्यलय , इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यलय इटहरी , ट्राफिक प्रहरी कार्यलय इटहरी र सरोकारवाला निकायले रथयात्रालाई व्यवस्थित गर्ने भएको छ । कार्यक्रमको अहिले प्रचार प्रसार  भइरहेको आयोजकले जनाएको छ ।