इटहरी / होटल ब्यवसायी संघ इटहरीको १५औँ साधारण सभाले जयप्रसाद उपाध्याय पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मंगलबार भएको साधारण सभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो।

यस्तै संघको बरिष्ठ उपाध्यक्षमा खेमराज घिमिरे चयन हुनुभएको छ। यस्तै उपाध्यक्ष त्रयमा कृष्णप्रसाद निरौला, पुनम थापा मगर, शिवकुमार तामाङ्ग चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

संघको महासचिवमा आरोन कार्की चयन हुनुभएको छ भने कोषाध्यक्षमा दामोदर बिडारी र सह–कोषाध्यक्षमा बिशाल प्रधान र सचिवमा प्रेमराज गिरी सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ।

यस्तै मंगलबारको साधारण सभाले उद्योग बाणिज्य संघ इटहरीको सदस्यहरुमा एकराज श्रेष्ठ, कल्पना बिष्ट, कुमारजंग कार्की, खेमराज राई, देबेन्द्र कुमार निरौला, पदम बहादुर राई, बिनोद गुरुङ्ग, बिपिन घिमिरे, बिरेन्द्र लिम्बु, रोनिका राई, लिलामणी खड्का र शम्सेर बहादुर कार्कीलाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिले जनाएको छ ।होटल ब्यवसायी संघ इटहरीको अध्यक्षमा पौडेल सर्वसम्मत