काठमाडौं । नेपाल खेलकुद महासंघले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर महासंघले प्रधानमन्त्री ओली बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो । महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो ।
महासंघले तीन सय दिन भित्र कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालालाई फ्लड लाइट सहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत ज्ञापन गरेको छ । महासंघले लामो समय देखी क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान सहित सुविधा सम्पन्न बनाउनु पर्ने बारे सरकारलाई ध्यानाकर्षण गर्दै आएकोमा प्रधानमन्त्री ओलीले सो कार्यलाई सम्पन्न गर्न लिनुभएको पहलकदमीको स्वागत गर्दै महासंघले धन्यवाद व्यक्त गरेको हो ।
बस्नेतले प्रधानमन्त्री ओलीको कार्यकालमा खेल क्षेत्र सहित समग्र राष्ट्रको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । ओलीले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यभार ग्रहण गरेको दिन नै सरकारको तर्फबाट गरेको पहिलो निर्णयले आम जनसमुदाय तथा खेलकुद क्षेत्रमा सरकारप्रति आशा र विश्वासको सकारात्मक सन्देश प्रवाह भएको उहाँले बताउनुभयो ।
बधाई तथा शुभकामना कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा खेलकुद महासङ्घ इञ्चार्ज कर्ण थापा लगायत खेलकुद महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।