विराटनगर : नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।

ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित हुनुभएको छ ।

Screenshot_2024_0721_073958

महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपाली खेलकुदलाई राष्ट्रको विकाससँग जोड्दै खेलकुद क्षेत्रको संरक्षण गरेमा क्षेत्रले प्रयाप्त रोजगारीको अवसर सिर्जना गर्ने बताउनु भएको थियो । बस्नेतले महासंघ ‘ एक कमिटी एक खेल गतिविधी ‘ , ‘ एक कमिटी एक रचानात्मक काम ‘ लगायत योजना साथ अघि बढेको बताउँदै महासंघले खेल क्षेत्रको विकास साथै समाजमा नेतृत्व विकास तथा व्यक्तित्व विकासमा समेत लागुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

Screenshot_2024_0721_073942

बस्नेतले खेलाडी , प्रशिक्षकलाई आर्थिक विकासमा अवसर सिर्जना गर्नेसँगै महासंघमा आवद्ध खेलकर्मीहरूलाई प्राकृतिक विपद्को समयमा खट्न समेत जिम्मेवारी दिनुपर्ने माग सरकारसँग राखेको बताउनु भएको थियो ।

Screenshot_2024_0721_073835

बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले किर्तिपुर स्थित क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने र फल्ड लाईटको लगाउने निर्णयको स्वागत गर्दै महासंघले पहिले देखीनै पहलकदमी गर्दै आएको विषयलाई ओली नेतृत्वको सरकारले सम्पन्न गर्ने निर्णय लिएकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।FB_IMG_1721526777711

महासंघको प्रथम विराटनगर महानगरपलिका कमिटी अधिवेशनमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जीवन घिमिरे , एमाले जिल्ला अध्यक्ष बाबुराम कार्की , जिल्ला सचिव रविन थापा लगायत पार्टीका नेता तथा महासंघका केन्द्रीय नेताहरूले शुभकामना व्यक्त गर्नु भएको खेलकुद महासंघको स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सह – इन्चार्ज रोहित कोइरालाले बताउनु भयो ।

कोइरालाले कोशी प्रदेशका नगरस्तरीय अधिवेशन सकिएसँगै महासंघले कोशी प्रदेशका १४ जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको जानकारी समेत दिनु भयो ।