इटहरी / इटहरीको जनता बहुमुखी क्याम्पसमा तेस्रो ईकाई अधिबेसन तथा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
जनता बहुमुखी क्याम्पसको नेपाल छात्रा विद्यार्थी संघको तेश्रो इकाई अधिबेशन तथा सांस्कृतिक कार्यक्रम गरिएको हो । अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनले विद्यार्थीहरूलाई क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशीले बताउनु भयो ।
अधिवेशनले नेतृत्व विकासका लागि र छात्राहरूबाट अगाडि बढ्छु भनेर छात्रा संगठन अधिवेशन आयोजना गरिएको नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस सभापति सुमन बाबू बस्नेतले बताउनुभयो । छात्राहरूलाई सांस्कृतिक कार्यक्रम गरि प्रतिभा देखाउन ठुलो सहयोग गर्ने उहाँको भनाइ छ ।
संघले छात्राहरूलाई अगाडि बढाउदै लगेको र आगामी दिनमा समेत अगाडि बढाउदै लाने स्ववियु जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले बताउनुभयो । अधिवेशनले महिलाहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण सहयोग गर्ने कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला संघ केन्द्रीय सदस्य गिता श्रेष्ठले बताउनुभयो । छात्रा विद्यार्थी संघलाई सहयोग गर्ने समेत उहाँको भनाइ थियोे ।
यस अघि नेवी संघले दुई दिन आयोजना गरेकोे वर्कसप अन फोटोग्राफी तालिममा सहभागी विद्यार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियोे । प्रशिक्षकलाई कदर पत्र प्रदान गरिएको थियोे ।
अधिवेशनमा सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियोे । नेपाली काङ्ग्रेस महासमिति सदस्य विमला ढकाल , नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सदस्य तथा इटहरी लेडिज जेसिका पुर्व अध्यक्ष दुर्गा खड्का आचार्य , नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराई , प्रदिप केशी लगाएतले आफ्नो भनाइ व्यक्त गरेका थिए । सो अधिवेशनमा क्याम्पसका शिक्षक ,विद्यार्थीहरूको बाक्लो सहभागीता रहेको थियो । नेपाल विद्यार्थी संघले विभिन्न किसिमका क्षमता अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गर्दै आएको छ ।