सुन्दरहरैंचा / मोरङको सुन्दरहरैचा नगरपालिकाले दिक्षान्त समारोह आयोजना गरी नयाँ भर्ति गरिएका नगर प्रहरीलाई सपथ ग्रहण गराउनुका साथै दर्जेनी चिन्ह समेत प्रदान गरेकोे छ । 

नगरको शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी भर्ति गरी १५ दिने तालिम समापन  गरिएकोे हो । सुन्दरहरैचा वडा नम्बर ४ को कार्यालयमा नगर प्रमुख केदार प्रसाद गुरागाईको आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै कसैको दवाव र प्रभावमा नपरी नगर प्रहरी नियुक्त गरिएको स्पष्ट पार्नुभयो । नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, काम कर्तव्य गर्न आग्रह गदै नगर प्रमुख गुरागाईले नगरप्रहरीका १२ वटा अधिकार भित्र रहेर महत्वपुर्ण काम गर्नु पर्ने र ब्यक्ति भन्दा बिधिलाई मान्नु पर्ने र स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको बताउँदै आफुहरुले सेवकको रुपमा काम गर्नु पर्ने बताउनुभयो । 

नगर प्रहरीलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा तालिम दिइएको छ । घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण लगायतका विषयमा पनि तालिम दिईएको नगरपालिकाका प्रमुख पशासकिय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनु भयो ।

 नगर प्रहरीमा महिला र पुरुष गरी २० जना रहेका छन् । दिक्षान्त समाहारोमा नगर उपप्रमुख अकली चौधरी कार्यपालीका सदस्यहरु, वडाका वडा अध्यक्षहरु  कर्मचारीहरु ,स्थानिय लगायतको सहभागिता रहेको थियो ।

IMG_20240809_092542