सुनसरी | नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशन तथा ७३ अौं मदन भण्डारी जयन्तीको अवसरमा सम्मान खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको छ ।

इनरूवा राष्ट्र सेवक भवनमा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता तथा कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्यसचिव नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको दोस्रो अधिवेशन तथा ७३ अौं मदन भण्डारी जयन्तीको अवसरमा सम्मान खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको हो ।

IMG_20240810_140711

नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतले वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दोस्रो महाधिवेशनको नयाँ कमिटी चयन गर्ने र नयाँ कमिटी चयन आजै गर्ने नेपाल खेलकुद महासंघ इनरूवा इन्चार्ज अनिल श्रेष्ठले बताउनुभयो।

IMG_20240810_133553

कार्यक्रममा नेकपा एमाले इनरूवा नगर कमिटी अध्यक्ष प्रेम पौडेल , नेपाल खेलकुद महासंघ सुनसरीका संयोजक बिकल पौडेल ,नेकपा एमाले सुनसरीका कार्यवाहक अध्यक्ष पर्शुराम यादव , नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य कालुराम गुरूङ,नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य रामप्रसाद मेहता,नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य पोष्ट कुमार नेपाल लगाएतले आफ्नो भनाइ राखेका थिए । उहाहरूले स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण रहेको र स्वास्थ्य समाज निर्माण गर्न खेलकुद महासंघले महत्वपूर्ण भूमिका खेल्ने बिस्वास रहेको बताएका छन् ।

IMG_20240810_142704

आफू मन्त्री हुँदा खेल क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको र आगामी दिनमा खेललाई सहयोग गर्ने नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री जगदीश कुसियतले बताउनुभयो ।

पार्टीलाई सुदृढ गर्न पार्टीका जिम्मेवारी व्यक्ति , नगर वडाका पदाधिकारीलाई प्रशिक्षण गराउन आवश्यक रहेको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विप्लव घोषले बताउनुभयो । इनरुवामा खेलकुदका कार्यक्रम गर्दै आएको र आगामी दिनमा गर्दै जाने उहाँको भनाइ छ ।

IMG_20240810_124924

कोशी प्रदेश खेलकूद विकास बोर्डका सदस्यसचिव भएकाले अवश्य पनि खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने प्रतिवद्दता रहेको बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले बताउनु भयो ।

खेलकुदको गतिविधिलाई अगाडि बढाउन सम्मान गर्दै खेलकुदका कार्यक्रम गर्ने उहाँको भनाइ छ ।

खेलकुद क्षेत्रमा सहयोग गर्ने पाँच जनालाई खादा र माला सहित प्रमाण पत्र दिएर सम्मान गरिएको हो एक एक थान भलिबल , कृक्रेट,कवडीका सामग्री ,कराते , कुस्तीका सामग्री वडा नगरका खेलाडीलाई वितरण गरिएको थियोे ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अध्यक्ष चिनेस्वर मेहता, युवा संघ नेपाल इनरूवा अध्यक्ष रमेश आचार्य, नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीका पदाधिकारीहरू , वडा नगर कमिटीका पदाधिकारी , राजनीति दलका पदाधिकारी , स्थानीय खेलाडी लगाएतको बाक्लो उपस्थित रहेको थियोे ।