संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर स्थापना गरि संचालनमा ल्याएकाे छ ।
जिल्लाकाे एक मात्रै खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेकाे विमानस्थलमा सुचना केन्द्र तथा काेशेली घर संचालन गरेकाे हाे ।खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा काेशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिसाेट पार्कका संचालक सञ्जय देवानलाई अार्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिएकाे खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाका स्वकीय सचिव गाेकुल खनालले बताए । उनले खाँदबारी नगरपालिका र मिस यु हाेटलसँग एकबर्षका लागि संम्झाैता गरिएकाे बताए ।
हवाई मार्गबाट संखुवासभा जिल्ला प्रवेश गर्ने अान्तरिक तथा बाह्य पर्यटक आगन्तुक पाहुनाहरुलाई लक्षित गरि सुचना केन्द्र र काेशेली घर संचालनमा ल्याएकाे मेयर महेश थपलियाले बताए । उनले संखुवासभाको पहिचानकाे रूपमा त्यहाँ जिल्लाकाे महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूकाे तस्बिरहरू र रूट सहितकाे जानकारी, साँस्कृतिक तथा जातिय पहिचान झल्किने कुराहरू, विभिन्न महत्त्वपूर्ण स्थल, हाइड्रोपावर, बाटोघाटो, होटल रिसोर्ट लगायत आदि इत्यादि सम्बन्धी सहज रूपमा जानकारी का साथ स्थानीय उत्पादनहरु रूद्राक्षकाे विभिन्न सामान, अल्लाेकाे सामान, राडीपाखी लगायत सहज र उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले खोलिएको बताए।
मेयर थपलियाकाे अग्रसरतामा विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर संचालनमा अाएकाे हाे । याे सुचना केन्द्रले जिल्लाकाे बारेमा संखुवासभा पहिलाे पटक अाउने जाे काेहीलाई जानकारी दिने र यहाँका स्थानीय उत्पादनहरू खरिद गरेर लैजान पाउने ब्यबस्थापन गरिएकाे नगरपालिकाकाे भनाइ छ ।
मिस यु पार्कका संचालक सञ्जय देवानले खाँदबारी नगरपालिकासँग सहकार्य गर्न पाएकाेमा धन्यवाद दिए । उनले जिल्लाका पहिचान झल्कने सामानहरू राखिने बताए ।
तुम्लिङटार विमानस्थलमा बुद्व एयरलाइन्सकाे एटिआर-७२ सिटे जहाजले दैनिक उडान भर्दै अाएकाे छ । कार्तिक देखि बैशाख सम्म अान्तरिक तथा बाह्य पर्यटकहरूकाे अावागन बाक्लाे हुने गर्दछ । विश्वकाे पाँचौं अग्लाे हिमाल, विश्वकाे हाेचाे अरूण उपत्यका, मकालु बरूण राष्ट्रिय निकुञ्ज र गुराँसकाे राजधानी तिनजुरे-मिल्के-जलजले क्षेत्र भ्रमणका लागि पर्यटकहरू आउने गर्दछन् ।


