दमक /नेपाल खेलकुद महासंघ कोशी प्रदेश र झापा जिल्ला कमिटीको संयुक्त आयोजनामा आज बृहत रक्तदान र फलफूल बितरण कार्यक्रम सम्पन्न भएको छ।
महासंघको कोशी प्रदेश कमिटीले आम्दा अस्पताल परिसरमा आयोजना गरेको कार्यक्रममा ४६ जनाले रक्तदान गरेको र आम्दा अस्पतालका बिमारीका लागि फलफूल बितरण गरिएको महासंघ कोशी प्रदेश कमिटी सचिव भिम लिवाङले जानकारी दिनुभयो।
एमालेका लोकप्रिय नेता भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले खेलकुद मात्र नभएर सामाजिक क्षेत्रमा समेत आफ्नो दायित्व पुरा गर्न रक्तदान र फलफूल बितरण कार्यक्रम गरिएको कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले बताउनुभयो ।
उक्त कार्यक्रममा एमालेका प्रमुख अतिथि रोम ओली बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रीय सदस्य दिपक कार्की, इन्द्र भण्डारी साथै बिप्लब घोष, सन्तोष बान्तवा, प्रदेश सभा सदस्य होम बहादुर थापा, अम्विका खनाल लगायतको उपस्थितिमा गरिएको कार्यक्रममा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिमारीका लागि फलफूल जुस बितरण गरिएको नेपाल खेलकुद महासंघ झापा अध्यक्ष भवानी बराल ले बताउनुभयो ।