अन्जनी कुमार अधिकारी
उदयपुर / उदयपुरको कटारी नगरपालिकामा भांडभैलो भएको छ । कटारी नगरपालिकाले यस आर्थिक बर्ष २०८१÷०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट असार १० गतेमै ल्याउनु पर्ने भएपनि आन्तरिक श्रोत वापतको राजस्व नगर प्रमुखले मनोमानी खर्च गरेको भन्दै झन्डै ६६% नगर सभा सदस्यले बिरोध जनाएपछी नगरको तेह्रौ नगर सभा अनिर्णयको बन्दि बनेको छ ।
लामो बिवादका कारण रोकिएको कटारी नगरपालिकाको तेह्रौं नगर सभा यही साउन २७ गते आइतवार सुरु भएको भए पनि नगरसभामा सभालाई नै छलेर नगर प्रमुखले गत आर्थिक बर्षको खर्च अनुमोदन गराउन खोजे पछि नगर सभा सदस्यले स्थानीय सरकार संचाल ऐन अनुसार बिधिर पद्धतिमा बसेर नगर सभा सम्पन्न गर्न नगर प्रमुख संग माग गरे पछी नगरको तेह्रौ नगर सभा अनिर्णयको बन्दि बनेको हो ।
साउन २७ गते नगर सभा संञ्चालन भै रहदा नगरसभाका सदस्यहरुले आफनो जिज्ञासा राख्ने क्रममा कटारी नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को खर्च अनुमोदन गराउने शिर्षकमा कार्यपालिकाले अनुमोदन नगराउने भन्ने निर्णय भै सकेको वन तथा खानी रोयल्टीबाट प्राप्त राजश्वको खर्च समेत समावेश गरि बजेट ल्याए पछि सभाका सदस्यहरुले यस विषयमा जिज्ञासा राखेका थिए । यद्धपी उक्त प्रश्नको जवाफनै नदिई, नगरप्रमुखले गैरजिम्मेवर तरिकाले कुनै पनि विषयहरुमा छलफल नै नगराइ नगरसभा सम्पन्न भएको घोषणा गरेकोले नगर सभाका सदस्यहरु झनै वन तथा खानी रोयल्टीबाट प्राप्त राजश्वमा अनियमित्त भएको आशंकित बनेपछी अहिले नगरपालिका अशान्ति बनेको छ ।
साउन २७ गते बसेको कटारी नगरपालिकाको तेह्रौ नगर सभाले आर्थिक बर्ष २०८१÷०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए तथापी ७६ सदस्य नगर सभा सदस्य मध्ये ५२ जना नगर सभा सदस्यले आफुहरुका प्रश्नको उत्तरनै नदिइ, नगर उपप्रमुखलाई आर्थिक बर्ष २०८१÷०८२ को बजेट निर्णयार्थ पेश गर्ने अवसर नै नदिएको भन्दै पुनः सभा बसेर बाकी रहेका बिषय टुंग्याउने सहमति भएको भएपनि सोमबार सभामा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्राई सम्पर्कमा नआए पछी नगर सभामा के गर्ने भन्नेमा अन्यौल भएको थियो ।
नगर प्रमुखले समेत उपस्थित जनाउन नमाने पछि नगरपालिकाको उपप्रमुखको उपस्थितिमा ७६ सदस्य नगर सभाका सदस्य मध्ये ५२ जना सदश्यहरुले माइन्युट गरि आर्थिक बर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम तथा बजेट पास गरेको नगर उपप्रमुख गीता खड्काले बताउनु भयो । उहाले “आफुहरुले आइतबारको सभामा उपस्थितिमा मात्र हस्ताक्षर गरेका थियौ त्यो बैठक पुस्तिका सहित प्रमुख प्रशासकीय अधिकृत सम्पर्क विहिन भए पछि नगरसभालाई पुर्णता दिन सोमबार सभालाई निरन्तरता दिदै कुल ८६ करोड ८१ लाख ६४ हजार आठ सय त्रिचालिस रुपैया अनुमानित बजेट , निति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८१ पास गर्ने साथै टिप्पणि आदेश बाट खर्च भएको १ करोड ७६ लाख ५८ हजार हाललाई पास नगर्ने सहित महत्वपुर्ण निर्णय गर्दै नगरसभालाई पुर्णता दिएको बताए ।

