सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित थलाहा टोलमा  ज्ञानचन ऋषिदेवको घाँटी काटेर हत्या भएको छ ।

इलाका प्रहरी कार्यलय दुहबीका अनुसार अन्दाजी ५० बर्षका ज्ञानचन ऋषिदेवको घाँटी काटेर हत्या भएको हो ।  घाँटी काटिएको अवस्थामा शव बरामद भएको  छ,घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने प्रहरीले जनाएको छ ।