भोजपुर / राष्ट्रिय युवा संघ, नेपाल अरुण गाउँ कमिटी स्तरीय वृहत युवा भेला तथा अधिवेशन साथै जिल्ला कमिटीको छैठौं पूर्ण बैठक गरिएको छ ।
कमिटीको छैठौं पूर्ण बैठकले अध्यक्षमा रबिन्द्र राईलाई सर्वसम्मतले निर्वाचित गराएको छ । साथै उपाध्यक्षमा प्रकाश दाहाल,सचिवमा दिपक ढकाल , उपसिचवमा अस्मिता राई , पुजन कार्की र सदस्यमा सुनिना खत्रि सहित २१ जनाको नयाँ कार्य समिति गठन गरेको छ ।
राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतमको प्रमुख अतिथि युवा संघ , विशेष अतिथि केन्द्रिय सचिव निरोज पौडेलको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
आगामी दिनको नेतृत्ब अब्बल बनाएर अगाडि बढाउने अध्यक्ष रबिन्द्र राईले जानकारी दिए । कार्यक्रममा नेकपा एमाले भोजपुर अध्यक्ष मक्कर खड्का, उपाध्यक्ष किरण राई, उपसचिव दौलत राई र भोजपुर युवा संघ इन्चार्ज ज्ञानेन्द्र राईको आतिथ्यमा सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल भोजपुर उपाध्यक्ष प्रकाश किरातले जानकारी दिए ।


