विराटनगर / राष्ट्रिय युवा संघ कोशी प्रदेशको दोस्रो युवा भेला कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कोसी प्रदेश कमिटीको आयोजनामा कोसी प्रदेश युवा भेला कमिटीका अध्यक्ष अरुण गुरुङ‌को अध्यक्षता , नेकपा एमाले  उपमहासचसव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य एवं संगठनका केन्द्रिय इन्चार्ज राजिव पाहारी र राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको विशिष्ठ आतिथ्यता युवा संघ भेला गरिएको थियोे ।

पद पाउनका लागि र सामाजिक सञ्चालमा सक्रिय नभएर सामाजिक काममा लाग्न राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले बताउनुभयो । संघगठनमा नलागेका युवा राष्ट्रिय युवा संघमा युवाहरूलाई ल्याउनु मुख्य उदेश्य रहेको उहाँको भनाइ छ । 

नेकपा एमालेका युवाहरू विचार बदल्न आवश्यक रहेको वक्ताहरूको भनाइ थियो । कोशी प्रदेशका १४ वटै जिल्ला युवा संघका अध्यक्षहरूले आफ्नो गतिविधिको रिपोर्टिङ समेत बुझाएका थिए । युवा भेला सकेर समिक्षा बैठक समेत गरिएको थियोे । राष्ट्रिय युवा संघ नेपाल वृक्षरोपण कार्यक्रम र रक्तदान कार्यक्रममा सक्रिय रहेको छ ।

सम्पूर्ण युवाहरूलाई उद्यमी बनाएर अगाडि बढाउन आवश्यक रहेको राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेले बताउनुभयो । युवाहरूलाई देशमा नै रोजगारीको अवससर प्रदान गर्ने आवश्यक रहेको उहाँको भनाइ थियोे ।

युवाहरू कमजोर भएकाले युवाहरूको महत्त्वपूर्ण जिम्मेवारी रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले  उपमहासचसव प्रदिप ज्ञवालीले बताउनुभयो । युवाहरूलाई सक्षम र रोजगारीको शिलशिला आवश्यक रहेको उहाँको भनाइ छ ।

कोशी प्रदेशको युवा संघ भेलाले महत्त्वपूर्ण भुमिका खेलेको कोसी प्रदेश युवा भेला कमिटीका अध्यक्ष अरुण गुरुङ‌ले बताउनुभयो ।

युवा संघ भेलमा नेकपा एकाले मोरङ जिल्लाका अध्यक्ष बाबुराम कार्की , राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम, युवा संघका सचिवालय सदस्य एवं कोसी प्रदेश इन्चार्ज देवानन्द मेहेतो,नेकपा  एमाले  कोशी प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङ  , केन्द्रिय पदाधिकारी, केन्द्रिय कमिटी सदस्य लगायत राष्ट्रिय युवा संघ कोशी प्रदेशका युवाहरूको उपस्थितिमा सम्पन्न गरिएको हो ।

1724508080621