इटहरी / इटहरीमा सुविधा सम्पन्न होटेल काव्य वाटिका एन्ड लज सञ्चालनमा आएको छ ।  

इटहरी उपमहानगरपालिका ५ स्थित पचरूखि चोकबाट दुई किलोमिटर उत्तर र वडा कार्यालय नजिक होटेल काव्य वाटिका सञ्चालनमा आएको हो । 

इटहरीका युवा व्यवसायी रोशन बस्नेतको १ करोड ८० लाख रुपैयाँको लगानीमा भदौ पहिलो साताबाट होटेल सञ्चालनमा ल्याइएको जनाइएको छ । इटहरी चौकको कोलाहलदेखि केही पर र शान्त वातावरणमा खान र बस्ने सुविधा रहेको होटेलमा ७ वटा एटेज बाथरुमसहितको एसी रुम रहेका छन् । साथै छुटाछुटै बसेर खानको लागि आकर्षक कटेजहरु समेत छन् । IMG-20240902-WA0005

पेय पदार्थको लागि बार र रेस्टुरेन्टको सुविधा रहेको छ । होटेलमा ५० जना हटाउने क्षमताको मिटिङ हलको सुविधा छ । होटेललाई आकर्षित बनाउन फूलबारीले सजाइएको छ । सञ्चालक रोशन बस्नेतका अनुसार, होटेल काव्य वाटिका एन्ड लज इटहरीका अन्य होटेल तथा लजहरू भन्दा फरक अनुभव प्रदान गर्ने छ । होटेलमा अर्ग्यानिक खानालाई विशेष प्राथमिकतामा राखेको बस्नेतले जानकारी दिनुभयो । IMG_20240901_142751

सञ्चालक बस्नेतले इटहरी ५ मा रहेको आफ्नो अर्को फेमिली होटेल नयाँ व्यवस्थापनको साथ सञ्चालनमा आएको जानकारी दिनुभयो । फेमिली होटेलमा पनि १० वटा सुविधा सम्पन्न कोठाहरूको सुविधा रहेको छ ।IMG-20240902-WA0010