विराटनगर / नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित भएका छन् ।

 दुहवीमा सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन्।

स्थायी कमिटी सदस्य तथा दुहवी इञ्चार्ज सन्तोषी श्रेष्ठको सभाअध्यक्षता तथा नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत को प्रमुख आतिथ्यमा भएको अधिवेशन बाट उपाध्यक्षमा सहवाज आलम र रचना राई , सचिवमा अनुज कट्वाल , उपसचिवमा आशु मण्डल र अनिता राई, कोषाध्यक्षमा आशिषकुमार तब्दार सहित कार्यसमितिमा २१ जना सदस्य निर्वाचित भएका छन् । 

दोस्रो नगर अधिवेशको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले खेलकुद क्षेत्र नेपाललाई विश्व माझ चिनाउने शसक्त माध्यम भएको बताउनुभयो। बस्नेतले राज्यले खेलकुदलाई सफ्ट पावरका रूपमा लगानी गर्दै अघि बढाउने गरि नीति निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

निर्वाचित कमिटीलाई महासंघको केन्द्रीय नीति एक कमिटी , एक खेलकुद गतिविधि एक कमिटी , एक रचानात्मक गतिविधिलाई अनुसरण गर्दै कार्यक्रम गर्न गराउन लागि पर्ने बताउदै कार्यक्रममा खेल क्षेत्रमा योगदान पुर्याउने ४ जना पुर्व खेलाडी हरु लाई सम्मान समेत गरेको सभाध्यक्ष सन्तोषि श्रेष्ठले बताउनुभयो ।

IMG_20240910_160154

कार्यक्रम नेपाल खेलकुद महासंघ सुनसरी स संयोजक रमेश बाबु थापाले संचालन गर्नु भएको थियो भने संयोजक बिकल पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 अधिवेशनमा नेकपा एमाले दुहवी नगर अध्यक्ष मुस्ताकिम , महासंघका केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विप्लव घोष , महासंघ सुनसरी इन्चार्ज भेसराज कार्की नेकपा एमाले नेता बिनय पोखरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।