बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित भएका छन् । सनिवार बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

1726382621769

  अधिवेशनबाट उपाध्यक्षमा शुक्रराज भण्डारी, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिव तुलसी कार्की, उपसचिव एवन कटुवाल, गणेश कार्की र कोषाध्यक्षमा ओशिन तामाङ लगायत चयन भएका छन् ।

जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशका इञ्चार्ज विप्लप घोषको प्रमुख आतिथ्यता र प्रमुख वक्ताका रुपमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा रहेका थिए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ कोशी प्रदेश अध्यक्ष राजकुमार थापा सचिव भिम लिवाङ लगायत खेल प्रेमी, राजनितिज्ञ, स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो ।