बराहक्षेत्र / बराहक्षेत्रमा  २०८१ सालको बडादशैं र तिहारको उपलक्ष्यमा यहि असोज १० गतेदेखि १७ गते सम्म प्रथम जय नेपाल भलिबल कप  प्रतियोगिता हुने भएको छ।

बराहक्षेत्रमा पालिका स्तरीय भलिबल कप  प्रतियोगिता हुने भएको छ।

न्यू जेनेरेसन युथ क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नं. ३ नडाहाको भलिवल खेल मैदानमा पालिका स्तरीय भलिबल कप  प्रतियोगिता  हुने भएको हो।आयोजकले प्रेस मिट गर्दै  प्रतियोगिताको मुख्य उद्देश्य सुनसरी जिल्लाको विभिन्न पालिकाहरूमा रहेका स्थानीय प्रतिभाशाली खेलाडीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र अवसर सिर्जना गर्नको लागि उनीहरूको प्रतिभा खेल कौशलतालाई प्रस्फुटन गर्दै खेलकुदको समग्र विकास गर्नको लागि साथै युवाजनहरूलाई लागू औषध दुर्व्यसनीबाट टाढा राख्दै देशको निर्माणमा पनि सकारात्मक सोंचको विकास होस् र राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद र आजको नयाँ पुस्तालाई व्यवसायिक खेलकुदमा अगाडि बढाउनको निमित्त  प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।
प्रतियोगिता नेपाली कांग्रेसको वार्षिक जिल्ला सम्मेलनको पनि अवसर परेको हुँदा खेलकुदलाई लोकतान्त्रिक मैत्रीपुर्ण खेलभावनाबाट जोड्‌दै यस सुनसरी जिल्लाको १२ वटै पालिकासँग भाइचारा र समग्र विकास र समृद्धिका लागि गोलबद्ध भएर अगाडि बढ्‌नको लागि पनि यो प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक पनुलाल धामीले जानकारी दिए।inbound2862302178947339042


प्रतियोगिताको विजेताले नगद रु. ६१,०००।- (ट्रफि, मेडल र प्रमाण पत्र) र उपविजेता टिमले नगद रु. ३१,०००।- (ट्रफि, मेडल र प्रमाण पत्र)  प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट सटर,सर्वोउत्कृष्ट रेज,सर्वोउत्कृष्ट डिफेन्स लगायत विविध विधामा समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।प्रतियोगितामा लगभग  ९,३३,५०० खर्च लाग्ने प्रतियोगिताका संयोजक पनुलाल धामीले बताए।