विराटनगर / मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा लागेको चार दिने ‘कृषि एक्स्पो’ मा एक लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु एवं विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आयोजित चार दिने एक्स्पोको आज समापनका दिनसम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण,कृषिका विद्यार्थीहरु विभिन्न कलेजमा अध्ययन विद्यार्थीहरु, र भारतको अररिया जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले किसानहरुको उत्पादन वृद्धि गर्नका लागि आधुनिक कृषियन्त्र, उपकरण र औजारहरु, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीले एक्स्पो उपलव्धिमुलक भएको बताउनु भयो । प्रदेश सरकारले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने उहाँले बताउनु भयो ।
आयोजक महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो आफ्नो उद्देश्यमा सफल भएको बताउँदै आगामी वर्षमा थप परिमार्जनसहित आयोजना गर्ने जानकारी दिनु भयो ।
कोशी प्रदेश, भारतको विहार र वङ्गालका १३० बटा स्टलमा नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षि, पर्यावरण– मैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको थियो ।
एक्स्पोमा कृषि उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउन एक्स्पो सफल भएको आयोजकले जनाएको छ ।