मोरङ / आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्रहरीले सचेतना कार्यक्रम गरेको छ। हरैंचा, मोरङ प्रहरी चौकीद्वारा ग्रामथान गाउँपालिका कार्यवाहक अध्यक्ष गुणवती चौधरी को प्रमुख आतिथ्यतामा स्थानीय युवा, महिला, जेष्ठ नागरिक को उपस्थितिमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामूलक आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो।
‘आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्छ।’ त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वयगरेर कार्यक्रम गर्ने गाउँपालिका कार्यवाहक अध्यक्ष गुणवती चौधरीले बताउनुभयो ।
प्रहरी नायब निरीक्षक अशोक कार्की ले सहभागीलाई आत्महत्याका कारण आत्महत्या सम्बन्धी भइरहेको अवस्थाका विषयमा जानकारी गराउनुको साथै यसबाट पर्नजाने असरका बारेमा जानकारी गराउनुभएको छ ।