नेपाल खेलकुद महासंघको खेलाडी व्यवस्थापन र खेलाडिलाई रोजगार दिने उदेश्यका साथ एक राष्ट्रिय खेलाडीलाई इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति गराएको छ । महासंघकाे उदेश्य अनुरुप नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको पहलमा र प्रयासमा इनरुवा नगरमा रहेकाे राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी सोनु मण्डललाई स्मल हेबेन एकेडेमीले खेल प्रशिक्षकमा नियुक्ति गरेको छ।

नियुक्तिका क्रममा खेलकुद महासंघको तर्फबाट केन्द्रिय कमिटि सचिब बिप्लब घोस, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्षसरोज बस्नेत, नगर सचिब कमल उपध्याय लगायतको उपस्थिती रहेको थियो ।

स्मल हेबेन एकेडेमीको तर्फबाट विशाल उप्रेतीको उपस्थीती थियो । विधार्थीहरुकाे प्रतिभा प्रस्फुटन र असल खेलाडीलाई उत्पादन गर्ने उदेश्यका साथ मण्डललाई खेल प्रशिक्षक नियुक्ति गरेको जनाएको छ ।