बेलबारी / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना हुने ‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८१’ मा बेलबारी नगरपालिकाले १५ लाख बजेट छुटयाएको छ ।
यहि असोज ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको मुख्य प्रायोजककै नामबाट आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८१’ रहेको छ,तरपनि सबैभन्दा बढी बजेट चाँहि बेलबारी नगरपालिकाले दिने भएको छ । ब्यत्ति र कम्पनीको नाममा हुने प्रतियोगितामा सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै आलोचना समेत शुरु भएको छ ।
गोल्डकप बिजेता टिमलाई ८ लाख, दोस्रो हुनेलाई ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने प्रदान गरिने आयोजक एल।एक्स सिटी फुटबल क्लबले जनाएको छ । प्रतियोगिता जित्नेलाई २ तोला सुन, २ तोला ५०० ग्राम चाँदी जडित ८ लाख बराबरको ट्रफी बनाइएको छ । लगातार ३ वर्ष जित्नेले ट्रफि लाने नजितेसम्म सर्कल गराइने भएको छ । ट्रफी पोपिराज राई र ज्योतिराज राईले आफ्नो बुबा एन।बी।राईको स्मृतिमा बनाइ दिएका हुन ।


